FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

प्रेश विज्ञप्ति

गाउँपालिका स्तरीय रास्ट्रपति रनिङशिल्ड सुरु

मिति २०७६/०२/२० गते यस भीमसेनथापा  गाउँपालिका वडा नं ७ मा अवस्थित श्री पाटनदेवी माध्यमिक बिद्ध्यालयमा भैरहेको रास्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आज मिति २०७६/०२/२० गते उद्घाटन समरोह सम्पन्न भएको छ । प्रमुख अथिति भीमसेन थापा गा.पा. अध्यक्ष श्री इश्वर पाण्डे ज्यु लगायत उपाध्यक्ष श्री बिनु वाग्ले को  उपस्थितिमा सम्पन्न भएको हो । उक्त्त कार्यक्रममा  बिद्ध्यालय प्रधानाध्यापक श्री सन्तोष पोखरेल द्वारा स्वागत मन्तव्य,वडा नं ७ का अध्यक्ष नारायण श्रेष्ठ बाट शुभकामना मन्तव्य तथा सामाजिक विकास समिति संयोजक तथा वडा नं २ को अध्यक्ष श्री नारायण भट्टराई बाट मन्तब्य ब्यक्त्त गरिएको थियो साथै प्रमुख अथितिबाट पनि मन्तब्य ब्यक्त्त गरिएको थियो। २०७६/०२/२२ सम्म हुने यस गा.पा. स्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १२ वटा  बिद्ध्यालयको ३०० जना खेलाडीले १४ वटा विधामा प्रतिस्पर्धा गर्नेछन्। 

स्वास्थ इकाई समुदघाटन

भिमसेन थापा गाउँपालिका वाड नम्बर 8 का अध्यक्ष श्री बासु थापा ज्यु को अध्यक्षतामा आमन्त्रित प्रमुख अथिती भिमसेन थापा गा-पा प्रमुख श्री इश्वर पाण्डेज्यु लगायत विशिष्ट अतिथी भिमसेन थापा गा-पा प्रमुख प्रसासकिय अधिकृत कृष्ण थापा ,स्वास्थ सयोजक कृष्ण प्रसाद अधिकारी ,स्थानीय जनप्रतिनिधि ,स्थानीय बुद्धिजीवी तथा समाजसेबि ,सघ सस्थाका प्रमुख तथा प्रतिनिधि महिला स्वास्थ स्वयम् सेविका लगायत, बिध्यालयका प्र-अ ज्यु हरुको उपस्थितिमा मादेवटार स्वास्थ इकाई समुदघाटन तथा खोप केन्द्र भबन सिल्यानस कार्यक्रम सु सप्पन्न मिति 2076/02/09 गतेका दिन गरियो 

, , ,

एक घर एक मौरी घार’ अभियान

भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ ले ‘एक घर एक मौरी घार’ अभियान सुरु गरेको  छ ।
किसानको घरमा एक घार भएपनि निर्वाहमुखि भएको भन्दै ब्यवसायीक मौरी पालन गर्न सघाउ पु¥याउने योजनाका साथ यो पटक ३० जनालाई तालिम दिएर मौरी सहितको घार बितरण गरिएको वडा अध्यक्ष बासु थापाले बताए । हरेक वर्ष फरक–फरक किसानलाई मौरी सहितको घार बितरण गर्ने योजना वडा कार्यालयको छ । तालिम सँगै घार, मह काड्ने सिप र मह काड्दा लगाउने पन्जा, पोशाक पनि  बितरण गरिएको छ । तालिम पछि स्थानीयले पहिले घरमा भएको भन्दा थप मौरी घार राख्ने योजना बनाएका छन् । यसले ब्यवसायीक महुरी पालन गर्ने किसानलाई सघाउ पुग्ने वडा कार्यालयको लक्ष्य छ । खेतीयोग्य जमिन र जंगल आसपासको गाउँहरु रहेकाले मौरीका लागि नयाँ पालुवा र फुलका रसहरु सहजै पाउने हुँदा ब्यवशायी रुपमा लैजान सकिने वडा सदस्य      सरिता भट्ट  (केसी)ले बताए । ‘तालिम पाएपछि माहुरी पालनको तरिकावारे पनि थाहा हुने भयो,’ उनले भनिन् । मौरीपालनका लागी ठाउ सुहाउदो रहेको पनि कृषकहरुले बताए । सिप पाएसँगै यसलायृ ब्यवसायीक बनाउन सके आर्थिक आयआर्जन वढ्ने किसानको भनाइ छ । धेरै दुख र लगानी गर्नु नपर्ने भएकाले पनि मौरी पालन ब्यवसाय गर्न सजिलो रहेको कृषहरुले बताउदै आएका छन् । मह उत्पादन गर्न सके वजारको समस्या नरहेपछि कृषकहरुको आकर्षण वढेको हो । यसैबिच मंगलबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच किसानलाई पशु बन्ध्याकरण सामग्री हस्तान्तरण पनि गरिएको छ ।

रास्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुने सम्बन्धमा

१) खेलमा सहभागिता  one field two track, two track one field का आधारित हुने छ |

२) खेलमा तल्ल कक्षाका junior बिद्द्यार्थीहरु पनि  सहभागी हुन  पाउने छ| 

३) गा.पा. भित्र सबै माध्यमिक बिद्ध्यालयहरु अनिवार्य सहभागी हुनुपर्ने छ|

 

सार्बजनिक सूचना!

आज मिति २०७६/०२/१५ गते गणतन्त्र दिवसको अवसरमा यस भीमसेनथापा गाउँपलिका अध्यक्ष श्री इश्वर पाण्डे ज्युको नेतृत्वमा गाउँपालिका उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी, प्रहरी,स्थानीय बुद्धिजिवीहरु,बजारबासीहरु  तथा विभिन्न संघ संस्थाहरुको सहभागितामा सरसफाई अभियानको सुभारम्भ गरियो |  आजबाट सुरु गरिएको सरसफाई अभियानको क्रममा घ्याम्पेसाल बजार क्षेत्र, खन्चोक  बजार क्षेत्र र गाउँ कार्यपालिकाको कार्यालय परिसर क्षेत्र सरसफाई गरियो | सरसफाई कार्यलाई गाउँ पालिका र अन्तर्गतका निकायहरु, विद्यालयहरुमा नियमित रुपमा प्रत्येक  हप्ताको शुक्रबारको दिन  गराउने व्यवस्था मिलाउने र हरेक चोक तथा बजार क्षेत्रमा टोल सुधार समिति गठन एवं परिचालन गरि सरसफाई कार्यलाई निरन्तरता दिने व्यवस्था गर्न लागिएको व्येहोरा सबै  गाउँबासीहरुमा जानकारी गराइन्छ|

गणतन्त्र दिवस मनाउने सम्बन्धमा

यही मिति २०७६ जेठ १५ गते गणतन्त्र दिवसको उपलक्ष्यमा भिमसेनथापा गाउँपालिका  को आयोजनामा घ्याम्पेसाल बजार आसपास गाउँपालिकाको कार्यालय र खन्चोक बजार क्षेत्रमा सरसफाई कार्यक्रम गाउँपालिका अध्यक्ष ज्युको नेत्रित्वमा  गरिने भएकोले सम्पूर्ण कर्मचारीहरुलाई बिहान ७:०० बजे भिमसेनथापा गा.पा.१ घ्याम्पेसालमा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ| साथै विभिन्न सामाजिक महिला समूह, युवा समूह, आमा समूह लगायत संघसंस्थाहरुलाई सरसफाई कार्यक्रममा  सहभागी हुन बिनम्र अनुरोध गर्दछौ  | 

सिडि बाटो निर्माणको काम सुरु।

भिमसेनथापा गाउँपालिका प्रमुख ऐतिहासिक एबम धार्मिक महत्त्व बोकेको सिद्दकाली मन्दिर जान सहज बनाउने उद्देश्यले सिडि बाटो निर्माणको काम सुरु भएको  वडा नं २ का वडा अध्यक्ष नारायण भट्टराई ज्युले बताउनु भएको छ ।

,

शिक्षक आवश्कता सम्बन्धमा।

,

सूचना! सूचना!! सूचना!!!

सामुदायिक विद्यालयहरुले यथाशिघ्र तथ्यांक उपलब्ध गराउने सम्बन्धमा

Pages