समाचार
एक घर एक मौरी घार’ अभियान
भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ ले ‘एक घर एक मौरी घार’ अभियान सुरु गरेको छ ।
किसानको घरमा एक घार भएपनि निर्वाहमुखि भएको भन्दै ब्यवसायीक मौरी पालन गर्न सघाउ पु¥याउने योजनाका साथ यो पटक ३० जनालाई तालिम दिएर मौरी सहितको घार बितरण गरिएको वडा अध्यक्ष बासु थापाले बताए । हरेक वर्ष फरक–फरक किसानलाई मौरी सहितको घार बितरण गर्ने योजना वडा कार्यालयको छ । तालिम सँगै घार, मह काड्ने सिप र मह काड्दा लगाउने पन्जा, पोशाक पनि बितरण गरिएको छ । तालिम पछि स्थानीयले पहिले घरमा भएको भन्दा थप मौरी घार राख्ने योजना बनाएका छन् । यसले ब्यवसायीक महुरी पालन गर्ने किसानलाई सघाउ पुग्ने वडा कार्यालयको लक्ष्य छ । खेतीयोग्य जमिन र जंगल आसपासको गाउँहरु रहेकाले मौरीका लागि नयाँ पालुवा र फुलका रसहरु सहजै पाउने हुँदा ब्यवशायी रुपमा लैजान सकिने वडा सदस्य सरिता भट्ट (केसी)ले बताए । ‘तालिम पाएपछि माहुरी पालनको तरिकावारे पनि थाहा हुने भयो,’ उनले भनिन् । मौरीपालनका लागी ठाउ सुहाउदो रहेको पनि कृषकहरुले बताए । सिप पाएसँगै यसलायृ ब्यवसायीक बनाउन सके आर्थिक आयआर्जन वढ्ने किसानको भनाइ छ । धेरै दुख र लगानी गर्नु नपर्ने भएकाले पनि मौरी पालन ब्यवसाय गर्न सजिलो रहेको कृषहरुले बताउदै आएका छन् । मह उत्पादन गर्न सके वजारको समस्या नरहेपछि कृषकहरुको आकर्षण वढेको हो । यसैबिच मंगलबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच किसानलाई पशु बन्ध्याकरण सामग्री हस्तान्तरण पनि गरिएको छ ।
आर्थिक वर्ष:
वडा कार्यालयहरु
गाउँपालिकाको ऐन, कार्यविधि तथा कानुनहरु
-
महिला सञ्जाल गठन तथा परिचालन कार्यविधि, २०७९
मिति: 11/27/2022 - 16:29
-
न्यायीक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यबस्था गर्न बनेको ऐन, २०७६
मिति: 11/10/2020 - 12:07
-
प्राकृतिक श्रोत व्यवस्थापन कार्यविधि २०७४
मिति: 11/10/2020 - 11:27
-
सहकारी दर्ता संचालन र नियमन ऐन २०७५
मिति: 10/09/2020 - 14:03
-
विपद व्यबस्थापन कोष संचालन कार्यविधि
मिति: 10/09/2020 - 13:58
-
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको एन २०७७
मिति: 10/09/2020 - 13:57
-
भिमसेनथापा गाउँकार्यपालिकाको निर्णय वा आदेशको अधिकारपत्रको कार्यविधि २०७४
मिति: 10/09/2020 - 13:56
-
बैठक संचालन सम्बन्धी कार्यविधि २०७७
मिति: 10/09/2020 - 13:55
-
बिनियोजन ऐन २०७७
मिति: 09/27/2020 - 13:29
-
निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली
मिति: 09/27/2020 - 13:26
-
गाउँकार्यपालिका कार्य सम्पादन नियमावली
मिति: 09/27/2020 - 12:53