समाचार
भिमसेनथापा गाउँपालिकाको संक्षिप्त परिचय
नेपालको संबिधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुन:संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित गोरखा जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला गोरखा एक हो । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम बाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । भौगोलिक बिबिधता पाखा, पखेरा, जंगल, खोल्सा ,खोल्सी ,खोंच र बेशी तथा अन्य प्राकृतिक सम्पदाले भरिएको यस जिल्ला को साबिकका गा बि स हरु मध्ये मसेल, तान्द्राङ्ग , अश्राङ्ग ,धावा ,बगुवा र बोर्लाङ्ग लाइ समायोजन गरी भिमसेनथापा गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको साबिकमा रहेको ६ ओटा गा.बि.स मध्य साबिक तान्द्राङ्ग गा.बि.सलाई विभाजन गरी हालको २ र ३ वडा बनाइएको छ र साबिक बोर्लाङ्ग गा.बि.स.लाई विभाजन गरी हालको ७ र ८ वडा बनाइएको छ । नवगठित स्थानीय तह भिमसेन थापा गाउँपालिका को क्षेत्रफल १०१.३५ वर्ग कि मि , जनसंख्या २२,०३३ ( राष्ट्रिय जनगणना २०७८ को तथ्यांक) र वडा संख्या ८ रहेका छन् ।
वडा कार्यालयहरु
गाउँपालिकाको ऐन, कार्यविधि तथा कानुनहरु
-
महिला सञ्जाल गठन तथा परिचालन कार्यविधि, २०७९
मिति: 11/27/2022 - 16:29
-
न्यायीक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यबस्था गर्न बनेको ऐन, २०७६
मिति: 11/10/2020 - 12:07
-
प्राकृतिक श्रोत व्यवस्थापन कार्यविधि २०७४
मिति: 11/10/2020 - 11:27
-
सहकारी दर्ता संचालन र नियमन ऐन २०७५
मिति: 10/09/2020 - 14:03
-
विपद व्यबस्थापन कोष संचालन कार्यविधि
मिति: 10/09/2020 - 13:58
-
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको एन २०७७
मिति: 10/09/2020 - 13:57
-
भिमसेनथापा गाउँकार्यपालिकाको निर्णय वा आदेशको अधिकारपत्रको कार्यविधि २०७४
मिति: 10/09/2020 - 13:56
-
बैठक संचालन सम्बन्धी कार्यविधि २०७७
मिति: 10/09/2020 - 13:55
-
बिनियोजन ऐन २०७७
मिति: 09/27/2020 - 13:29
-
निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली
मिति: 09/27/2020 - 13:26
-
गाउँकार्यपालिका कार्य सम्पादन नियमावली
मिति: 09/27/2020 - 12:53